Online Bichar
मंगलबार, माघ ०१, २०८१ | Tuesday, January 14, 2025

काठमाडौं, २९ वैशाख २०८० । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा शुक्रबार एक खेल हुँदैछ ।

शुक्रबार मुम्बई इन्डियन्स र गुजरात टाईटन्स भिड्नेछन् । यो खेल मुम्बईको घरेलु मैदान वांनखडेमा नेपाली समयअनुसार बेलुका पौने ८ बजेबाट हुनेछ ।

यी दुवै टोली सिजनमा दोस्रो पटक भिड्न लागेका हुन् । सिजनको पहिलो खेलमा गुजरात ५५ रनले विजयी भएको थियो ।

मुम्बई यस खेल जितेर प्लेअफ सम्भावना बलियो बनाउन चाहन्छ । गुजरात पनि यस खेल जितेर प्लेअफमा स्थान बनाउने पहिलो टोली बन्न चाहन्छ ।

मुम्बई चौथो स्थान र गुजरात तालिकाको शीर्ष स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया