Online Bichar
बिहिबार, आषाढ ०७, २०८१ | Thursday, June 20, 2024

काठमाडौं, २९ वैशाख २०८० । नेपाली चलचित्र ‘हल्कारा’ प्रदर्शनमा आएको छ । शुक्रबारबाट प्रदर्शन सुरू भएको चलचित्र ‘हल्कारा’ मा गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाइएको छ ।

लेखक, निर्देशक तथा सम्पादक विक्रम सापकोटा रहेको चलचित्रमा महेश त्रिपाठी र बिनिता थापा मगरको मुख्य भूमिका छ ।

महेश र बिनिता बाहेक शारदा गिरी, रोशनी कार्की, पशुपति राई, उमेश तामाङ्ग, विद्या कार्की, प्रकाश दाहाल, बिष्णुभक्त अधिकारी, स्वर्गीय दीपक क्षेत्री लगायतको चलचित्रमा अभिनय रहेको छ ।
शुक्रबारबाट प्रदर्शन सुरू भएको चलचित्र ‘हल्कारा’ मा गाउँमा चिठ्ठी पुऱ्याउने एक हल्काराको माध्यमबाट वैदेशिक रोजगारीले नेपाली समाजमा पारेको प्रभावलाई देखाइएको छ ।

यो चलचित्रलाई कालीपार स्टुडियोले निर्माण गरेको हो भने आइसफल प्रोडक्सनको सहकार्य रहेको छ । यो चलचित्रले विभिन्न प्रतिष्ठित अन्तराष्ट्रिय चलचित्र महोत्सवहरुमा सहभागिता जनाई उत्कृष्ट अभिनेता, सिनेमाटोग्राफी एवं उत्कृष्ट चलचित्र बनिसकेको छ ।

यो चलचित्रले सबैभन्दा पुराना फेस्टिवलहरु मध्ये एक ‘वर्ल्डफेस्ट ह्युस्टन फिल्म फेस्टिवल २०२२’ मा सर्वश्रेष्ठ चलचित्रको अवार्ड ‘प्लेटिनम रेमी’ प्राप्त गरेको छ भने सोहि फेस्टिवलमा महेश त्रिपाठीले उत्कृष्ट अभिनेता र चिन्तन राजभण्डारीले उत्कृष्ट सिनेमाटोग्राफी अवार्ड प्राप्त गरिसकका छन् ।

 

तपाईको प्रतिक्रिया