Online Bichar
बिहिबार, माघ ०३, २०८१ | Thursday, January 16, 2025

काठमाडौं, २८ वैशाख २०८० ।  नेपाली राष्ट्रिय क्रिकेट टिमले लामो समयपछि टी२० अन्तर्राष्ट्रिय क्रिकेट खेल्ने भएको छ ।

नेपाल र मलेसियाबीच यही मे महिनाको अन्तिम देखि जुन पहिलो साता सम्म पाँच खेलको टी२० आई सिरिज हुने पक्का भएको नेपाल क्रिकेट संघ क्यानले जनाएको छ । नेपाल र मलेसियाबीच पाँच खेलको सिरिज मे २९ देखि जुन ४ सम्म मलेसियाको युएसडी युमेएम ओभलमा हुनेछ ।

पहिलो खेल मे २९ र दोस्रो खदेल मे ३० मा हुनेछ । यस्तै तेस्रो खेल जुन १ मा, चौथो खेल जुन ३ र पाँचौ खेल जुन ४ मा हुनेछ ।

नेपाल महिला क्रिकेट टिमले पछिल्लो पटक गत वर्ष मेम युगान्डासँग घरेलु मैदानमै पाँच खेलको टी२०आई सिरिज खेलेको थियो ।

 

तपाईको प्रतिक्रिया