Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, २८ वैशाख २०८० । साताको अन्तिम दिन पनि शेयर बजार रातै रहेर थामियो । उतार चढावबीच बजार परिसूचक नेप्से झिनो अंकले ऋणात्मक रही १८ सय ३८ कायम भएर थामियो । सुरुवाती समयमा सकारात्मक रहेपनि नेप्सेले गति लिन नसक्दा ३ अंक बराबरले ऋणात्मक रहेर थामिएको हो । कारोबार बुधबारकै सरह ५८ करोड हाराहारीमै खुम्चियो ।

वाणिज्य बैंक, जीवन बीमा र सामूहिक लगानी कोष नगन्य अंकले मात्र हरियो रहेबाहेक बाँकी समूह ऋणात्मक रहे । निर्जीबन बीमा समूहमा सबैभन्दा उच्च २६ अंक बराबरको कमी आउँच्दा बाँकी सामान्य अंकले ओर्लिए ।

बिहीबार नेपाल स्टक एक्सचेन्जमा २ सय ५९ कम्पनीको २१ लाख बराबर कित्ता शेयर ५७ करोड ८८ लाखमा किनबेच भएको एक्सचेन्जले जनाएको छ । यसदिन १ सय ३८ कम्पनीको मूल्य घट्दा जम्मा ६४ को बढ्यो । घटेको बजारमा पनि आत्मनिर्भर लघुवित्तका लगानीकर्ताले सबैभन्दा उच्च ६ प्रतिशत बढी कमाए ।

कारोबारका हिसाबले यसदिन नेपाल टेलिकमको सबैभन्दा उच्च ३ करोडमाथिको कारोबार भयो ।

 

तपाईको प्रतिक्रिया