Online Bichar
शनिबार, बैशाख ०८, २०८१ | Saturday, April 20, 2024

एजेन्सी, २७ वैशाख २०८० । कहिलेकाहीँ हामीले अफिस, साइबर क्याफे वा कुनै त्यस्तै ठाउँको कम्प्युटरमा आफ्नो फेसबुक अकाउन्ट लगइन गरेका हुन्छौं र पछि लगआउट गर्न बिर्सिन्छौं ।

यस्तो अवस्थामा हाम्रो फेसबुक अकाउन्ट कम्प्युटर खोल्ने जो कोहीले पनि हेर्न सक्ने जोखिम रहन्छ । तपाईं फेसबुक लगइन गरेको सो डिभाइससम्म तत्काल गएर लगआउट गर्नसक्ने अवस्था पनि नहुन सक्दछ । यस्तो अवस्थामा के गर्ने ?

नआत्तिनुहोस्, फेसबुकमा यस्तो प्राइभेसी फिचर छ जसबाट तपाईंले आफ्नो फेसबुक अकाउन्ट कुन कुन डिभाइसमा लगइन भैरहेको छ भन्ने हेर्नुका साथै एक क्लिकमै उल्लेखित डिभाइसहरुबाट अकाउन्ट लगआउट गर्न सक्नुहुन्छ । त्यो पनि आफूसँगै रहेको कुनै पनि डिभाइसबाट ।

फेसबुक अकाउन्ट रिमोटली लगआउट गर्ने यो फिचर शंकास्पद डिभाइसहरु पत्ता लगाएर त्यसबाट आफ्नो फेसबुक अकाउन्ट लगआउट गर्ने निकै उपयोगी फिचर हो । यो फिचर कसरी प्रयोग गर्ने ?

 

· फेसबुक एप खोल्नुहोस् र दायाँ माथिपट्टि रहेको प्रोफाइल आइकनमा ट्याप गर्नुहोस्

· स्क्रोल डाउन गरी Settings and Privacy मा ट्याप गर्नुहोस् र Settings अप्सन छान्नुहोस्

· त्यसपछि: Meta Accounts Center मा ट्याप गर्नुहोस्

· त्यहाँ स्क्रोल डाउन गर्नुहोस् र Accounts Settings  मा गई Password and Security मा ट्याप गर्नुहोस्

· स्क्रोल डाउन गर्नुहोस् र Security Checks  मेन्यूमा गएर Where you are logged in छान्नुहोस्

· त्यसपछि सो अकाउन्ट कुन कुन डिभाइसमा लगइन छ भन्ने विवरण देखिन्छ । यदि तपाईंले त्यहाँ रहेका फोन वा ल्यापटपका सूचीहरूमध्ये कुनै डिभाइस आफ्नो होइन वा शंकास्पद लाग्यो भने त्यसमा ट्याप गरेर Log Out मा थिच्नुहोस् ।

 

 

तपाईको प्रतिक्रिया