Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

गौरादह, २६ वैशाख २०८० । गौरादह उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका लागि भएको मतदान कार्य सम्पन्न भएको छ । मंगलबार गौरादह-३ मा रहेको संघको प्राङ्गणमा सम्पन्न निर्वाचनमा कुल ६ सय ८९ मतदाता रहेकोमा ६ सय ३९ मत खसेको निर्वाचन अधिकृत माधव कोइरालाले जानकारी दिनुभयो ।

आज बिहान ८ बजेदेखि सुरू भएको मतदान दिउँसो ३ बजेसम्म चलेको थियो । निर्वाचन अधिकृत डण्डिराज घिमिरेका अनुसार आज साँझ ५ बजेदेखि गौरादह उद्योग वाणिज्य संघको सभाहलमा मतगणना सुरु हुने जानकारी दिनुभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया