Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

शान्ति सुब्बा
गौरादह, २५ वैशाख २०८० । राष्ट्रिय स्वतन्त्र पार्टिका केन्द्रिय सदस्य रमेस प्रसाईंले उद्योग वाणिज्य महासंघले उद्योगीहरुको हितको विषयमा विचार गर्नुपर्ने बताउनु भएको छ ।

भोली (मंगलबार) हुन गईरहेको उद्योग वाणिज्य संघ गौरादहको चुनावलाई केन्द्रित गर्दै आईतबार गौरादहमा चुनाव प्रचार प्रसार समितिको स्वतन्त्र युवा जिताउ अभियानले आयोजना गरेको पत्रकार सम्मेलन कार्यक्रममा सो कुरा बताउनु भएको हो ।

प्रसाईंले आफुले यो प्यानलको लागि भोट माग्न नआएको बताउँदै स्वतन्त्र युवा जिताउ प्यानल खडा हुनुको उद्देश्य र राष्ट्रिय स्वतन्त्र पार्टिको उद्देश्य कहिँ न कहिँ समानता भएकोले आफुले यस पार्टिलाई शुभकामना दिन आएको बताउनुभएको छ । त्यस क्रममा प्रसाईंले कच्चा राजनिति गर्न नहुने बताउँदै यहाँ आमा समूह देखि रेडक्रस समूह, शिक्षक महासंघ, पत्रकार महासंघ देखि उद्योग वाणिज्य संघ सम्म कब्जा गरिएको बताउनुभयो । कायर राजनितिक मानसिकताका कारण देशमा पोलिटिकल सिन्डिकेट चलाइएको बताउँदै उद्योगीहरुको उत्थान गर्ने कार्य गर्न नसकिएपछि अब उद्योग वाणिज्य संघ कब्जा गर्न लागि परेको बताउनु भएको छ । सारा संगठनमा पोलिटिकल सिन्डिकेट लागू गरेर मान्छे कब्जा गर्ने खालका कार्यहरु गर्दै आएको बताउँदै उद्योग वाणिज्य संघले उद्योगीहरुको हक हितको विषयमा विचार गर्नुपर्छ कुनै पार्टिको बिल्लाको विषयमा विचार गर्नु नहुने, असभ्य राजनितिक संस्कारले कसैको हित पनि नहुने बताउनु भएको छ ।

सबै पार्टिमा जोडिएका युवाहरु भएकाले कब्जा गर्ने राजनितिलाई हटाई पेशागत हितलाई मात्र विचार गरेर राजनितिक बाट मुक्त भएर पेशागत संगठन बनाउनका लागि स्वतन्त्र युवा प्यानल खडा भएको पत्रकार सम्मेलनमा बताइएको छ ।

त्यस अवसरमा स्वतन्त्र युवा प्यानलका अध्यक्ष पदका लागि दाबेदारी गर्नुभएका युवा व्यवसायी प्रकास बास्कोटाले आफ्ना उम्मेदवारहरु सार्वजनिक गर्नुहुँदै आफु निर्वाचित भएपछि आफुले गर्ने १५ बुँदे प्रतिबद्धताको बारेमा जानकारी गराउनु भएको थियो । भोट माग्न जाने क्रममा धेरै व्यवसायीहरुले उद्योग वाणिज्य महासंघ भए नभएको महसुस गरेको गुनासो गरेको बताउँदै आफु निर्वाचित भएपछि आफुले व्यवसायीको हक हितको विषयमा काम गर्दै जाने जसका कारण उद्योग वाणिज्य महासंघ भएको व्यवसायीहरुलाई महसुस गराउनुका साथै सम्पूर्ण व्यवसायीहरुलाई व्यवस्थित गर्दै उद्योग वाणिज्य महासंघमा आबद्ध गर्ने पनि बताउनु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

रास्वपाका गौरादह नगर सभापति जगत अधिकारीले कार्यक्रमको औचित्यमाथि प्रकाश पार्नु भएको थियो । राप्रपाका केन्द्रिय सदस्य तथा वाणिज्य विभाग प्रमुख लक्ष्मी संग्रौलाले मन्तव्य राख्नु भएको कार्यक्रममा धिमधिमे युवा क्लबका अध्यक्ष तथा रास्वपाका गौरादह नगर सचिव प्रविन बस्नेतले कार्यक्रम सञ्चालन गर्नु भएको थियो । उद्योग वाणिज्य महासंघको चुनाव भोली मंगलबार गौरादह-३ को सामुदायिक भवन सँगै रहेको उद्योग वाणिज्य महासंघको भवन बाहिर हुनेछ भने, मतदान बिहान ८ बजे देखि ३ बजे सम्म सञ्चालन हुने निर्वाचन समितिका सदस्य माधव कोइरालाले जानकारी दिनुभएको छ ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार
Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया