Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

भद्रपुर, २३ वैशाख २०८० । झापा उद्योग वाणिज्य संघ जिल्ला कार्य समिति भद्रपुरको नेतृत्व निर्विरोध चयन भएको छ । १२ वर्षपछि आगामी तीन बर्से कार्यकालका लागि संघको २१ औं अध्यक्षमा युवा व्यवसायी प्रज्वल राई निर्विरोध निर्वाचित भएका छन् ।

संघका वर्तमान वरिष्ठ उपाध्यक्ष खडकबहादुर लिम्बुले अध्यक्ष पदबाट आफ्नो उम्मेदवारी फिर्ता लिएसँगै ३५ वर्षीय राई निर्विरोध निर्वाचित भएका हुन् । वर्तमान एशोसिएट्सरवस्तुगत उपाध्यक्ष समेत रहेका राई जनजाति समुदायबाट पहिलो पटक संघको नेतृत्व हाँक्न लागेका हुन् ।

त्यस्तै वाणिज्य उपाध्यक्षमा सञ्जयकुमार श्रेष्ठ र महासचिवमा सुमन्त मैनाली निर्विरोध निर्वाचित भएका छन् । सुरज शाह कसेराले वाणिज्य उपाध्यक्ष पदबाट र रविशंकर भट्टराई (पवन)ले महासचिव पदबाट उम्मेदवारी फिर्ता लिएको निर्वाचन समितिले जनाएको छ ।

त्यसैगरी वरिष्ठ उपाध्यक्षमा राजकुमार राई, एशोसिएट्स/वस्तुगत उपाध्यक्षमा बाबुराम पराजुली, महिला उपाध्यक्षमा सीता ढकाल र कोषाध्यक्षमा पवन श्रेष्ठ निर्विरोध निर्वाचित भएका छन् । ती पदहरूमा एकल उम्मेदवारी परेको थियो ।

महिला सदस्यहरूमा दिलकुमारी राई, अनिता कार्की, रुकमणि चौहान र मुना दाहाल निर्विरोध निर्वाचित भएकी छिन् । खुला सदस्यहरूमा अम्बिका पोखरेल, अरुणकुमार मित्रुका, सिंहवीर लिम्बु (अनिल), सागर घिमिरे, ज्ञानबहादुर राई, विक्की साह रौनियार र कविन राई निर्विरोध निर्वाचित भएका छन् । संघको नेतृत्व निर्विरोध निर्वाचित भए पनि निर्वाचन समितिले आधिकारीक घोषणा गर्न बाँकी छ । राजेन्द्रप्रसाद घिमिरेले दुई कार्यकाल २०६२ देखि २०६८ सालमा निर्विरोध अध्यक्षमा निर्वाचित भएर संघको नेतृत्व गरेका थिए ।

२०६८ सालपछि नेतृत्व चयनका लागि तीन कार्यकाल चुनावी प्रतिस्पर्धा नै भएको थियो । २०८० सालमा आएर पुनः निर्विरोध नेतृत्व चयन भएको जनाइएको छ ।टाइम्स अफ प्रदेशबाट

 

तपाईको प्रतिक्रिया