Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

एजेन्सी, २२ वैशाख २०८० । इंग्लिस प्रिमियर लिग फुटबलमा म्यानचेस्टर युनाईटेड ब्राइटनसँग पराजित भएको छ ।

बिहीबार राति भएको खेलमा युनाईटेड ब्राइटनसँग १–० ले पराजित भएको हो ।

ब्राइटनको जितमा इन्ज्युरी समयको थप गरिएको अन्तिम समयमा एलेक्सिस म्या एलिस्टरले पेनाल्टीमार्फत निर्णायक गोल गरे ।

पेनाल्टी बक्समा युनाईटेडका लुका साले ह्यान्ड गरेपछि रेफ्रीले भिएआरको सहायतता लिदै ब्राइटनलाई पेनाल्टी प्रदान गरे । एलिस्टरले पेनाल्टी चुकाएनन् ।

जितसँगै ब्राइटन ५५ अंकका साथ छैटौं स्थानमा उक्लिएको छ । युनाईटेड ६३ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया