Online Bichar
बिहिबार, फाल्गुण १७, २०८० | Thursday, February 29, 2024

काठमाडौं, २२ वैशाख २०८० । सुदर्शन थापा निर्देशित चलचित्र ‘प्रसाद २’ गत शुक्रबारदेखि नेपाली हलहरूमा प्रदर्शन भइरहेको छ ।

यसैबीच यो चलचित्र अष्ट्रेलियाका विभिन्न हलमा प्रदर्शन हुने भएको छ । चलचित्रलाई अष्ट्रेलियाका ४० भन्दा बढी हलहरूमा प्रदर्शन गरिने भएको छ ।

नमस्ते इन्टरटेनमेन्टका देव कार्की र गोर्खे इन्टरटेनमेन्टका रन्जितराज वन्तले ११ मे देखि अष्ट्रेलियामा चलचित्र प्रदर्शन गर्न लागेका हुन् ।

राजनीतिक गतिविधि र जातीय छुवाछुत देखाइएको चलचित्रमा मुख्य कलाकार विपिन कार्की, केकी अधिकारी र अर्पण थापा लगायतको अभिनय रहेको छ ।

चलचित्रमा केकी र विपिनसँगै अर्पण बाहेक, महेश त्रिपाठी, कमलमणि नेपाल, प्रकाश घिमिरे र विशाल पहाडी लगायतको अभिनय रहेको छ ।

एसजी फिल्म्स सुलभ थापा प्रोडक्सनसँग सहकार्य गर्दै ‘प्रसाद’को सिक्वेलको रूपमा निर्माण भएको ‘प्रसाद २’ ले दर्शकको राम्रो प्रतिक्रिया पाएको छ ।

 

तपाईको प्रतिक्रिया