Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

जेबि खड्का
गौरादह, २१ वैशाख २०८० । गौरादह उद्योग वाणिज्य संघको नयाँ नेतृत्व चयनका क्रममा १९ पदका लागि ५१ जनाको उम्मेदवारी परेको छ। नेतृत्व चयनका लागि बुधबार भएको मनोनयन दर्तामा निर्धारण गरिएका विभिन्न पदमा ५१ जनाले उम्मेदवारी दर्ता गराएका छन्। भूगोल तर्फ वडा नं.७ र ८ बाट एक जना सदस्य सर्वसम्मत चयन भएकाले २० पद मध्ये १९ पदमा निर्वाचन हुन लागेको समिति सदस्य माधब कोईरालाले जानकारी गराएका छन्।

नेतृत्व चयनका लागि मनोनयन दर्ता गरिदा विभिन्न प्रकारका नामाकरण गरिएपनि राजनीति दलका भातृ संगठनहरुको प्रभाव परेको देखिन्छ। केही दलका भातृ संगठनहरु एक्लाएक्लै चुनावी मैदानमा उत्रिएका छन् भने केही दलका भातृ संगठनहरु गठबन्धन गरेर चुनावी मैदानमा उत्रदै छन्। उद्योगी तथा ब्यापारीहरुको हकहितमा काम गर्ने उद्देश्य लिएको वाणिज्य संघ अन्तर्गत गौरादहमा नेतृत्व लिएर काम गर्ने व्यवसायिहरुको मनसाय देखिन्छन। नेतृत्व आफ्नो पक्षमा पार्न दलका भातृ संगठनहरु प्रगतिशील युवा समूह, लोकतान्त्रीक युवा समूह र स्वतन्त्र युवा समुहको नाममा चुनावी मैदानमा उत्रिएका छन् ।

मनोनयन दर्ता भएसँगै उम्मेदवारहरु आफ्नो समुहलाई बिजय गराउन व्यवसायिहरु समक्ष भोट माग्न हिडिरहेका छन् । बाणिज्य संघमा एमाले निकट संगठन प्रगतिशील युवा समुह, नेपाली कांग्रेस निकट लोकतान्त्रिक युवा संगठन र स्वतन्त्र युवा समुहहरुको टिम बिच प्रतिस्पर्धा हुने देखिन्छ। उद्योग वाणिज्य संघमा आफ्नो समुहलाई बिजय गराउन बनाइएका समुहले व्यवसाय तथा सामाजिक क्षेत्रमा योगदान पुर्याएका ब्याक्तीहरुलाई उमेदवारको रुपमा उभ्याएका छन। प्रगतिशील युवा समुहका तर्फबाट जीत बहादुर कार्की (जेबि) को नेतृत्वमा रहेको समूह चुनावी मैदानमा होमिएको छ। यस समुहबाट अध्यक्ष पदमा उम्मेदवार रहेको जेबि कार्की सामाजिक प्रतिष्ठा कमाएका सफल उद्योगी व्यवसायिका रुपमा चिनिएका छन् । गौरादह क्षेत्रमा रहेका उद्योगी व्यवसायिहरु मध्ये वाणिज्य संघलाई सहि मार्ग निर्देश गर्न सक्ने क्षमतावान व्यवसायिका रुपमा कार्कीले प्रतिष्ठा कमाइ सकेका छन। स्पष्ट भिजन भएका व्यवसायिहरुको हकहितमा काम गर्न सक्ने कार्कीको नेतृत्वमा रहेका समुहमा महासचिवमा क्रान्तिदिप काफ्ले सहित प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष,कोषाध्यक्ष, खुल्ला सदस्य ७ जना, महिला सदस्य २ जना, र भूगोल तर्फका ४ जना सदस्य सहित १९ जनाको टिम चुनावी मैदान रहेको छ।

लोकतान्त्रीक समुहका तर्फबाट लक्ष्मी बाह्रकोटी (प्रसाईं) को नेतृत्वमा रहेको समूह चुनावी मैदानमा रहेको छ। गौरादह क्षेत्रमा सफल व्यावसायिका रुपमा परिचित प्रसाईं व्यावसायिका हकहितका काम गर्न सक्ने निडर र मिलनसार ब्याक्तिका रुपमा परिचित छन । प्रसाईं निर्वाचित भएमा गौरादह क्षेत्रमा अध्यक्ष पदमा पहिलो महिला हुने छिन। व्यवसायिहरुमा परेका समस्याहरु प्रति उत्तरदायी बनेर लागिपर्ने प्रसाईंको नेतृत्वमा महासचिवमा ईस्वर खत्री रहेका छन। अन्य उमेदवारहरुमा प्रथम, द्वितीय र तृतीय उपाध्यक्ष, कोषाध्यक्ष खुल्ला सदस्य ७ जना महिला २ जना र भूगोल तर्फ ४ जना चुनावी मैदानमा रहेका छन।

स्वतन्त्र युवा समुहका तर्फबाट प्रकाश बाँस्कोटाले अध्यक्ष पदमा उमेदवारी दर्ता गराएका छन। व्यवसायिहरुको विस्वास पात्र रहेका बाँस्कोटा निर्वाचित भएमा गौरादह वाणिज्य संघमा कम उमेरका व्यक्ति अध्यक्ष बन्नेछन्। व्यवसायिहरुले अवसर दिएमा व्यवसायिका समस्या समाधान गर्न आफू पछि नपर्ने उनको भनाइ छ। स्वतन्त्र युवाको समुहमा महासचिवमा चन्द्रमणी गौतम सहित प्रथम र द्वितीय उपाध्यक्षमा मनोनयन दर्ता गराएका छन। खुल्ला सदस्य तर्फ ६ जना महिला सदस्य तर्फ २ जना र भूगोल तर्फ ३ जनाले मनोनयन दर्ता गराएका छन।

 

तपाईको प्रतिक्रिया