Online Bichar
मंगलबार, चैत्र ०४, २०८१ | Tuesday, March 18, 2025

काठमाडौं, २० वैशाख २०८० । सहिद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा हिमालयन शेर्पा क्लबले सातदोबाटो युथ क्लबलाई १–० गोलले हराएको छ । हारसँगै सातदोबाटोले शीर्ष स्थानमा उक्लने अवसर समेत गुमाएको छ ।

च्यासल मैदानमा भएको खेलमा हिमालयनका लागि खामिर गिल्सनले निर्णायक गोल गरे । खेलको ६५ औं मिनेटमा गिल्सनले निर्णायक गोल गरेका हुन् । जारी लिगमा हिमालयनको यो चौंथो जित हो ।

हिमालयनले १४ खेलमा १७ अंक जोडेको छ । सातदोबाटोको यो चौंथो हार हो । सातदोबाटो १४ खेलमा २२ अंक जोडेर चौंथो स्थानमा रहेको छ । आजै भएको अर्को खेलमा चर्च ब्वाइज युनाईटेडले फ्रेन्ड्स क्लबमाथि जित निकालेको छ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा चर्च ब्वाइजले फ्रेन्ड्स क्लबलाई २–१ गोल अन्तरले हराएको हो ।

चर्च ब्वाइजको जितमा अन्जन विष्ट र आशिष चापागाईले एक एक गोल गरे । फ्रेन्ड्सका बेन क्वान्साले एक गोल फर्काए । चर्च ब्वाइजले एक गोलको अग्रता उल्टाएर जित निकालेको हो ।

लिगमा चर्च ब्वाइजको यो सातौं जित हो । जितसँगै चर्च ब्वाइजले १४ खेलमा २४ अंक जोडेको छ । चर्च ब्वाइज दोस्रो स्थानमा उक्लिएको छ । फ्रेन्ड्सले १४ खेलमा १५ अंक जोडेको छ ।

 

तपाईको प्रतिक्रिया