Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

दमक, १० मंसिर  ।   झापा र मोरङमा रहेका भुटानी शरणार्थीहरूलाई नेपालमै राख्ने तयारी भइरहेको भन्दै नेपाली कांग्रेसले आपत्ति जनाएको छ। भुटानी शरणार्थीहरूको तेस्रो मुलुक पुनस्‍थापनाको प्रक्रिया रोकिएसँगै बाँकी रहेका शरणार्थीलाई नेपाली नागरिकसरह राख्न खोजिएको कांग्रेसको आरोप छ।

सबैभन्दा बढी भुटानी शरणार्थी रहेको झापाको दमकमा नेपाली कांग्रेसले सोमबार गरेको पत्रकार सम्मेलनमा नेताहरुले शरणार्थीहरुको स्थानीयकरण गरे घातक हुने चेतावनी दिए। नेपाल प्रेश युनियनको संयोजन र कांग्रेसको क्षेत्रीय समितिले गरेको पत्रकार सम्मेलनमा कांग्रेस सांसद महेन्द्रकुमारी लिम्बूले दोस्रो संविधानसभा रहेको बेलामा पनि शरणार्थीलाई स्थानीयकरण गराउने प्रयास भएको र त्यसलाई कांग्रेसले रोकेको दाबी गरिन्। तत्कालीन सभासदसमेत रहेकी उनले भनिन्, ‘नेपाली नागरिकनै सुकुम्बासी, बेरोजगार भएको अवस्थामा भुटानी नागरिकलाई नेपालीकरण गराइनु जायज होइन, यो हुन हामी दिँदैनौँ।’

कांग्रेस क्षेत्रीय सभापति ढुण्डिराज भण्डारीले शरणार्थी बालबालिकाहरुको जन्मदर्ता हुन थालेको, स्वास्थ्य बिमा गराइएको जस्ता प्रक्रियाले शरणार्थीलाई स्थानीयकरण गराउनेतर्फ लागेको संकेत मिलेको बताए।

तेस्रो देश पुनस्र्‍थापना प्रक्रिया बन्द भएपछि झापाको दमक र मोरङको पथरी शनिश्चरे नगरपालिकास्थित शिविरमा ६ हजारको हाराहारीमा भुटानी शरणार्थी रहेका छन्। भुटानी शरणार्थी प्रतिनिधि स्वदेश फिर्ती समितिले समेत भुटानी शरणार्थीहरुलाई नेपालीकरण गराइन नहुने जनाउँदै आएको छ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments