Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, १९ वैशाख २०८० । माई खोला हाइड्रोपावर लिमिटेडको आईपीओ मंगलबार बिहान बाँडफाँट भएको छ । कम्पनीको शेयर निष्काशन तथा बिक्री प्रबन्ध प्रभु क्यापिटलको कार्यालयमा कम्पनीको आईपीओ बाँडफाँट भएको हो ।

सो आईपीओमा कुल १३ लाख ६३ हजार २६६ आवेदकबाट १ करोड ५१ लाख ६५ हजार ८३० कित्ताका लागि आवेदन परेको थियो । सोमध्ये कम्पनीको आईपीओमा १२ लाख ७३ हजार ८९१ जनाको योग्य आवेदन परेको छ । यस्तै, ८९ हजार ८३० जनाको आवेदन रद्द भएको छ ।

स्वीकृत आवेदनमध्ये १ लाख २६ हजार ९४१ जनाले मात्रै १० कित्ताका दरले शेयर पाएका छन् । त्यस मध्येबाट पनि एक जना भाग्यमानीले थप एक कित्ता शेयर पाएका छन् ।

सो आईपीओमा माग भन्दा बढी आवेदन परेकोले धितोपत्र निष्कासन तथा बाँडफाँट निर्देशिका अनुसार गोलाप्रथाबाट आईपीओ बाँडफाँट भएको छ ।

कम्पनीले वैशाख ८ गतेदेखि १२ गतेसम्म सर्वसाधारणका लागि प्रतिशेयर १०० अंकित मूल्यका १ लाख २६ हजार ९४१ कित्ता शेयर निष्काशन गरेको थियो ।

 

तपाईको प्रतिक्रिया