Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १९ वैशाख २०८० । भारतमा जारी ईन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यालेन्जर्स बेंग्लोरले लखनउ सुपर जायन्ट्सलाई हराएको छ ।

लखनउको घरेलु मैदान ऐकना स्टेडियममा भएको खेलमा बेंग्लोरले लखनउलाई १८ रनले हराएको हो ।

जितको लागि १ सय २७ रनको विजयी लक्ष्य पछ्याएको लखनउ १९ दशमलब ५ ओभरमा अलआउट हुँदै १ सय ८ रन मात्र बनायो ।

लखनउका लागि कृष्नपा गौथमले २३ ,अमित मिश्राले १९, क्रुनाल पान्ड्याले १४ तथा मार्कस स्टोईनेस र नभिन उल हकले समान १३र१३ रन बनाए ।

बेंग्लोरका लागि जोस हेजलवुड र कर्ण शर्माले समान २र२ तथा मोहम्मद सिराज,ग्लेन म्याक्सवेल र वानिंदु हसरंगाले समान १र१ विकेट लिए ।

त्यसअघि टस जितेर पहिले ब्याटिङ गरेको बेंग्लोरले निर्धारित २० ओभरमा ९ विकेट गुमाएर १ सय २६ रन बनाएको थियो ।

बेंग्लोरका लागि कप्तान फाफ डु प्लेसिसले ४४, विराट कोहलीले ३१ तथा दीनेश कात्र्तिकले १६ रन बनाए । अन्य ब्याटरले दोहोरो अंकमा रन बनाउन सकेनन् ।

लखनउका लागि नभिन उल हकले ३ तथा रवि बिश्नोइ र अमित मिश्राले समान २र२ विकेट लिए ।

तपाईको प्रतिक्रिया