Online Bichar
बुधबार, आश्विन १७, २०८० | Wednesday, October 4, 2023

काठमाडौं, १० मंसिर  । नेपाली सेनाले ठूलो संख्यामा भर्ना आह्वान गरेको छ । लेखा जमदार, अमलदार, सैनिकदेखि विभिन्न पदमा ३ हजार ८ सयको संख्यामा भर्ना आह्वान गरेको हो ।

नेपाली सेनाको भर्ना छनोट निर्देशनालय कार्यरथी विभागले सोमबार प्रकाशित गरेको सार्वजनिक सूचनाअनुसार पृतना हेडक्वाटर नारायणहिटीमा सबैभन्दा बढी ३५० सैन्य पदमा भर्ना खुलेको छ ।

दरखास्त दिने म्याद मंसिर १० गतेदेखि मंसिर २४ गतेसम्म छ । दोब्बर दस्तुर तिरेर पुस २ गतेसम्म दरखास्त दिन पाइने छ ।

तपाईको प्रतिक्रिया