Online Bichar
आइतबार, माघ १२, २०८२ | Sunday, January 25, 2026

काठमाडौं, १८ वैशाख २०८० । सहिद स्मारक ‘ए’ डिभिजन क्लब मनाङ मर्स्याङ्दी क्लबका मुख्य प्रशिक्षक किरण श्रेष्ठले पदबाट राजीनामा दिनुभएको छ।

क्लबका अध्यक्ष विजय घलेले सोमबार सामाजिक सञ्जाल फेसबुकबाट श्रेष्ठले प्रमुख प्रशिक्षकबाट व्यक्तिगत कारण देखाएर राजीनामा दिएको पुष्टि गर्नुभयो ।

नयाँ प्रशिक्षक नियुक्तिका लागि सोमबार साँझ क्लबका पदाधिकारीबीच छलफल हुने बताइएको छ । मनाङ लिगमा अहिलेसम्म भएका १३ मध्ये ४ जित, ३ बराबरी र ६ हारको नतिजासहित अंकतालिकाको दशौं स्थानमा छ ।

‘ए’ डिभिजन लिग इतिहासमा सबैभन्दा धेरै ८ पल्ट लिग जितेको मनाङको खराब लय नै प्रशिक्षक राजीनामाको मुख्य कारण रहेको देखिन्छ।

तपाईको प्रतिक्रिया