Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

काठमाडौं, ९ मंसिर । इँटाभट्टामा राखिएको माटोको ढिस्कोमा पुरिएर एक जना मजदुरको मृत्यु भएको छ ।

काठमाडौंको चन्द्रागिरी नगरपालिकास्थित सतुङ्गलमा माटोको ढिस्कोले पुरिँदा बागलुङका ३९ वर्षीय प्रेमबहादुर गुरुङको मृत्यु भएको हो ।

प्रहरी परिसर, काठमाडौंका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) वसन्त लामाका अनुसार हिरा इँटा उद्योगमा राखिएको माटोको ढिस्कोमा उनी पुरिएका थिए ।

‘पुरिएको देखेर त्यहाँ रहेका अन्य मानिसले निकालेर अस्पताल लगेका थिए’, लामाले भने, ‘तर, बेहोसी अवस्थामा अस्पताल पुर्‍याइएका उनको स्थानीय ओमः समाज हस्पिटलमा उपचारका क्रममा मृत्यु भयो ।’

तपाईको प्रतिक्रिया