Online Bichar
शनिबार, साउन १२, २०८१ | Saturday, July 27, 2024

काठमाडौं, १५ वैशाख २०८० । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शुक्रबार दुई खेल हुँदैछ । च्यासल मैदानमा दिउँसो ३ बजे सुरु हुने खेलमा न्युरोड टिम एनआरटी र थ्री स्टार क्लबबीचबीच खेल हुनेछ ।

एनआरटी चौथो तथा थ्री स्टार सातौं जितको योजनामा हुनेछ ।

एनआरटी १३ अंकका साथ ११ औं स्थानमा रहँदा थ्री स्टार २२ अंक जोडेर दोस्रो स्थानमा छ ।

यसैगरी, शुक्रबार साँझ ६ बजे नै त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने खेलमा हिमालयन शेर्पा क्लब र त्रिभुवन आर्मी क्लबबीच प्रतिस्पर्धा हुनेछ ।

हिमालयन शेर्पा चौथो तथा आर्मी छैटौं जितको खोजीमा हुनेछ ।

हिमालयन १३ अंक जोडेर १३ औं स्थानमा रहेको छ भने आर्मी १९ अंक जोडेर चौंथो स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया