काठमाडौं, १५ वैशाख २०८० । एएफसी यू–१७ महिला एसियन कप छनोटको दोस्रो खेलमा नेपालले शुक्रबार आयोजक जोर्डनसँग खेल्दैछ ।
नेपाल र आयोजक जोर्डनबीचको खेल प्रिन्स मोहमद स्टेडियममा नेपाली समय अनुसार साँझ ६ः४५ बजे सुरु हुनेछ ।
नेपाल जोर्डनलाई हराएर पहिलो जित निकाल्न चाहन्छ भने जोर्डन पनि नेपाललाई हराएर सुखद सुरुआत गर्न चाहन्छ ।
समूह ‘एच’ मा रहेको नेपालले पहिलो खेलमा इरानसँग १–० को हार व्यहोरेको थियो ।
यस समूहमा नेपाल, जोर्डन र इरान रहेको छ । समूह विजेताले छनोटको दोस्रो चरणमा स्थान बनाउने छन् ।