Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ९ मंसिर । महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ । उपाधि भिडन्तमा ईङ्ल्याण्डलाई ८ विकेटले हराउँदै अष्ट्रेलियाले उपाधि उचालेको हो । १ सय ६ रनको लक्ष्य अष्ट्रेलियाले १५ दशमलव १ बलमा मात्र २ विकेट गुमाएर पुरा ग¥यो ।

आस्ली गार्डनरले ३३ र मेग लानिङले अविजित २८ रन बनाएपछि अष्ट्रेलियाले उपाधि उचालेको हो । यसअघि, टस जितेर ब्याटिङमा उत्रिएको ईङ्ल्याण्डले १९ ओभर ४ बलमा अलआउट हुँदै १ सय ५ रन बनाएको थियो ।

ड्यानियल वेट ४३ र हिटर नाईटले २५ रन बनाउनु बाहेक अन्य खेलाडीले दोहरो अंकको स्कोर छुन सकेनन् । अष्ट्रेलियाकी आस्ली गार्डनरले सर्वा्धिक ३ विकेट लिईन् । ईङ्ल्याण्डले भारत र अष्ट्रेलियाले वेस्ट इन्डिजलाई पराजित गर्दै उपाधि भिडन्त पक्का गरेका थिए ।

तपाईको प्रतिक्रिया