Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

काठमाडौं, १४ वैशाख २०८० । नेपाली राष्ट्रिय फुटबल टिमका पूर्व मुख्य प्रशिक्षक अब्दुल्लाह अलमुताईरी अफगानिस्तानको मुख्य प्रशिक्षक नियुक्त भएका छन् ।

अफगानिस्तान फुटबल फेडेरेसनले बिहीबार अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरिएको जनाएको छ ।

नेपाली राष्ट्रिय टिमको मुख्य प्रशिक्षक छाडेपछि उनी टिम विहीन रहेका थिए ।

अलमुताईरीले ५ सय २५ दिन नेपालको मुख्य प्रशिक्षक सम्हालेका थिए ।

एन्फाले २०७७ चैत २२ गते अलमुताईरीलाई मुख्य प्रशिक्षक नियुक्त गरेको थियो ।

उनले भदौ २६ गते राजीनामा दिएका थिए ।

कुवेती अलमुताईरीको नेतृत्वमा नेपालले पहिलो पटक साफ च्याम्पियनसिपको फाइनल खेलेको थियो ।

गत असोजमा माल्दिभ्स भएको साफको फाइनलमा नेपाल भारतसँग पराजित हुँदा उपाधिबाट बन्चित बनेको थियो ।

यस्तै नेपालले अलमुताइरीको नेतृत्वमा एएफसी एसियन कप छनोटको दोस्रो चरण खेलेको थियो ।

 

तपाईको प्रतिक्रिया