Online Bichar
मंगलबार, आश्विन ०९, २०८० | Tuesday, September 26, 2023

काठमाडौं, १४ वैशाख २०८० । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबल अन्तर्गत बिहीबार दुई खेल हुने भएका छन् ।

लिगको १३औं चरण अन्तर्गत बिहीबार एक खेल एन्फा कम्प्लेस र एक खेल दशरथ रंगशालामा हुने भएका हुन् । एन्फा कम्प्लेसमा हुने खेलमा फ्रेण्ड्स क्लब र एपीएफ क्लबबीच प्रतिष्पर्धा हुने भएको छ । फ्रेण्ड्स र एपीएफबीचको खेल बिहीबार दिउँसो ३ बजे सुरु हुने भएको छ ।

त्यस्तै, दशरथ रंगशालामा हुने खेलमा एफसी खुमलटार र नेपाल पुलिस क्लवबीच प्रतिष्पर्धा हुने भएको छ। खुमलटार र पुलिसबीचको खेल बिहीबार साँझ ६ बजेदेखि सुरु हुनेछ ।

 

तपाईको प्रतिक्रिया