Online Bichar
शनिबार, आषाढ ०९, २०८१ | Saturday, June 22, 2024

काठमाडौं, १४ वैशाख २०८० । गायन रियालिटी शो ‘हिमालय लोकस्टार’ को उपाधि बलराम विश्वकर्माले हात पारेका छन् ।

बुधबार राति राष्ट्रिय सभागृहमा सम्पन्न भएको ग्राण्ड फिनालेमा विश्वकर्मा विजेता घोषित भएका हुन् ।विश्वकर्मा विजेता बनेसँगै अर्का प्रतिस्पर्धी पीएन साइँला फस्ट रनरअप र वाइल्ड कार्ड प्रतियोगितामा प्रवेश गरेका सन्तोष क्षेत्री सेकेण्ड रनरअप घोषित भएका थिए ।

त्ययसै गरी विजेता बनेका विश्वकर्माले १५ लाख रुपैयाँ नगदसहित अन्य पुरस्कार पनि प्राप्त गरेका छन् । फस्ट रनरअप, सेकेण्ड रनरअपले क्रमश ३ लाख रुपैयाँ नगदसहित पुरस्कार र २ लाख रुपैयाँ नगद प्राप्त गरेका थिए ।

उक्त प्रतियोगितामा ६ जना प्रतिस्पर्धीले फाइनलमा उपाधिका लागि प्रतिस्पर्धा गरेका थिए । दर्शकले दिएको बढी भोटको आधारमा विजेता घोषणा गरिएको हो ।

 

तपाईको प्रतिक्रिया