Online Bichar
शुक्रबार, बैशाख १४, २०८१ | Friday, April 26, 2024

दमक, ९ मंसिर । झापाको पाडाजुंङी गौरिगञ्ज सडकखण्ड अन्तर्गत कमल गाउपालिका ५ मंगलबारेमा आज साँझ भएको सवारी दुर्घटनामा एकजनाको मृत्यु भएको छ ।

साझ करिब साढे ७ बजेको समयमा पाडाजुङीबाट गौरादह तर्फ जादै गरेको मे १ च ३१७९ नम्बरको कारले बाटो काट्दै गरेका पैदलयात्रीलाई ठक्कर दिएको हो ।

कारको ठक्करबाट कमल गाउपालिका ५ का लुखिराम हेमरमको मृत्यु भएको हो । पैदलयात्रीलाई ठक्कर दिएर फरार सो सवारी साधनलाई अस्थायी ट्राफिक प्रहरी पोष्ट गौरादहले नियन्त्रणमा लिएको छ ।

कारको ठक्करबाट गम्भिर घाईते हेमरमलाई उपचारकालागि दमकस्थित लाईफलाईन अस्पताल पुर्याएलगत्तै मृत्यु भएको हो । .

तपाईको प्रतिक्रिया