Online Bichar
मंगलबार, जेठ २६, २०८३ | Tuesday, June 9, 2026

तेहरान, इरान, ९ मङ्सिर । विश्वभरका मुसलमान समुदायलाई अमेरिकाविरुद्ध एक बन्न शनिबार इरानी राष्ट्रपति हसन रौहानीले आग्रह गर्नुभएको छ । साउदी नागरिक तेहरानका ‘दाजुभाई’ भएको भन्दै तेहरानसँग नडराउन साउदी जनतासँग पनि रौहानीले अपिल गर्नुभएको छ ।

अमेरिकासहित बेलायत, जर्मनी, फ्रान्स, चीन र रुसले समेत हस्ताक्षर गरेको सम्झौताबाट गत मेमा अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले आफूहरु सम्झौताबाट पछि हटेको घोषणा गरेर इरानामथि कठोर आर्थिक प्रतिबन्धको घोषणा गरेपछि इरानले विश्वभरका मुसलमानलाई अमेरिकाविरुद्ध एक भएर अघि बढ्न आग्रह गरेको हो ।

अमेरिकासँग उत्तर एटलान्टिक सन्धि संगठन (नेटो) मा सहकार्य गर्दै आएका युरोपेली राष्ट्रहरु इरानसँगको सम्झौतामा प्रतिवद्ध रहने भनेपछि अमेरिका उक्त बिषयमा यूरोपबाट एक्लिएको छ ।
तर कतिपय यूरोपेली कम्पनीहरू हाल आएर यसमा अडिग रहँदा अमेरिकासँगको सम्बन्धमा असर पर्ने आशंकाले चिन्तित देखिन्छन् । “अमेरिकाले हाल मध्यपूर्वलाई दास बनाउन खोजेको छ,” इरानी राष्ट्रपति रौहानीले तेहरानमा आयोजित मुसलमान एकता सभालाई सम्बोधन गर्दै बताउनुभयो ।

इजरायललाई मुसलमान समुदायमा क्यान्सर रोगको ट्युमरको सज्ञा दिँदै उहाँले भन्नुभयो, “अपराधीलाई रातो कार्पेट विछ्याइदिनुभन्दा मुसलमान सरकारहरू एक भएर अमेरिकाको विरोध गर्नु आजको आवश्यकता हो ।” सिया समुदायको सुन्नी प्रतिस्पर्धी साउदी अरबलाई अमेरिकाबाट लिने सैन्य सहयोग त्याग्न अनुरोध गर्दै र हामी साउदी अरबको हितका लागि सुरक्षा दिन र ‘आतङ्कवाद’ र महाशक्तिसँग सम्पूर्ण मुसलमानको शक्तिलाई एकवद्ध गर्न नेतृत्व गर्न तयार रहेको रौहानीले बताउनुभयो ।

प्रसिद्ध सिया धर्मगुरुलाई मृत्युदण्ड दिएको घटनापछि साउदी अरबको इरानस्थित कुटनीतिक नियोगमा भएको इरानी मुसलमानले गरेको आक्रमणसँगै रियादले सन् २०१६ को जनवरीदेखि कुटनीतिक सम्बन्ध तोडेको छ । साउदी अरबले खाडी मुलुकका सियाहरूलाई विवादमा फसाएको भन्दै इरानमाथि आरोप लगाउँदै आएको थियो । त्यसपछि रियाद र तेहरानले यमन र सिरियामा भएको गृहयुद्धमा परस्पर विरोधी समूहलाई सघाउन थालेको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments