Online Bichar
बुधबार, बैशाख १२, २०८१ | Wednesday, April 24, 2024

काठमाडौं, ९ मंसिर । नेपाली सेनाको रथी बढुवामा फेरि राजनीतिले चरम रुप लिएको छ । प्रधानसेनापति पूर्णचन्द्र थापाविरुद्ध सेनामा तेस्रो बरियतामा रहेका उपरथीले रक्षा मन्त्रालयमा उजुरी गरेका छन् ।

बढूवा रोकेर अवकाश दिन लागेको भन्दै उपरथी अनुज बस्न्यातले प्रधानसेनापति पूर्णचन्द्र थापा विरुद्ध उजुरी दिएका छन् । समयमा बढुवा नभए बस्न्यातले मंसिर २५ गतेबाट अनिवार्य अवकाश पाउने छन् । थापा शैक्षिक प्रमाणपत्र लगायत विषयको विवाद निकालेर उनलाई बढुवा नदिने मनस्थितीमा पुगेपछि बस्न्यातले उजुरी गरेका हुन् ।

नेपाली सेनामा २४ भदौदेखि रथीको एएटा पद रिक्त छ । तर, प्रधानसेनापतिले बढुवा प्रक्रिया अघि बढाएका छैनन् । दृष्टि साप्ताहिकका अनुसार प्रधानसेनापति थापाविरुद्ध केही महिना अघिमात्रै उपरथी बढुवामा असन्तुष्टि जनाउँदै सहायक रथी नैनराज दाहालले सर्वोच्च अदालतमा दायर गरेको उजुरी अझै विचाराधीन छ ।

तपाईको प्रतिक्रिया