Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

एजेन्सी, १० वैशाख २०८० । भारतीय मोडल तथा टिभी अभिनेत्री उर्फी जावेदलाई कुटपिट गरी मार्ने धम्की आएको बताएकी छिन् ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार आइतबार उर्फीले एक भिडियो सार्वजनिक गर्दै आफूलाई केही दिन यता कुटपिटको धम्की दिँदै फोन आइरहेको बताएकी छिन् ।

उर्फीले सार्वजनिक गरेको भिडियोमा उनी प्रहरी चौकी बाहिर बसेको देखिएको छ । भिडियोमा उर्फीले निर्देशक नीरज पाण्डेको अफिसबाट फोन आएको बताएकी छिन् । नीरजको अफिसमा कार्यरत एक कर्मचारीले उनलाई केही पोजेक्टको बारेमा कुरा गर्न अफिस बोलाएको उनले बताइन् ।

उनले भनिन्,मलाई नीरज पाण्डेको अफिसबाट कसैले फोन गर्‍यो। त्यो व्यक्तिले आफू निर्देशकको सहायक हुँ र सरले तिमीलाई भेट्न चाहेको बताए । त्यसपछि मैले उहाँलाई पोजेक्टको सबै विवरण मलाई दिनुस् अनि मात्र भेट्छु भने, त्यो व्यक्ति मसँग रिसाएर मलाई भने, नीरज पाण्डेको अपमान गर्ने हिम्मत तिम्रो कसरी भयो रु

उर्फीले थप्दै भनेकी छिन्, ‘त्यो व्यक्तिले मलाई तिम्रो कारको नम्बर र तिम्रो बारेमा सबै थाहा छ म तिमीलाई कुटीकुटी मार्छु भन्दै धम्की दिए ।’

यस विषयमा नीरजले अहिलेसम्म कुनै प्रतिक्रिया दिएका छैनन् । नीरज ‘ए वेनस्डे’, ‘बेबी’ र ‘स्पेशल २६’ जस्ता फिल्म बनाइ सकेका छन् ।

यसअघि पनि उर्फीले धेरै पटक आफूलाई बलात्कार र ज्यान मार्ने धम्की आएको खुलासा गरिसकेकी छिन् । मानिसहरुले अक्सर उर्फीलाई उनले लगाएको कपडा र उनको बोल्ने शैलीलाई लिएर ट्रोल गर्ने गरेका छन् ।

 

तपाईको प्रतिक्रिया