Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

संखुवासभा, ९ वैशाख २०८० । संखुवासभामा सञ्चालित कोशी प्रदेश स्तरीय सेपाक ताक्रो प्रतियोगिताको प्रथम उपाधि झापाले जितेको छ ।

कोशी प्रदेशका ९ जिल्लाको सहभागिता रहेको प्रतियोगितामा संखुवासभाले दोस्रो स्थान सुरक्षित राखेको हो। ‘एकतावद्ध देश, खेलकुद सन्देश’ भन्ने मूल नाराका साथ खाँदबारीमा बुधबारबाट पुरुष र महिला तर्फको विधामा सञ्चालित सेपाक ताक्रो प्रतियोगितामा झापाले ३ स्वर्ण, संखुवासभाले २ स्वर्ण र इलामले १ स्वर्ण पदक जित हात पारेका हुन् ।

प्रतियोगितामा पुरुष क्वाड इभेन्ट तर्फ संखुवासभा प्रथम, झापा दोस्रो र भोजपुर तेस्रो भएका छन् । त्यस्तै महिला क्वाड इभेन्ट तर्फ झापा प्रथम, संखुवासभा दोस्रो र भोजपुर तेस्रो भएका छन् । त्यस्तै, पुरुष डबल इभन्ट तर्फ इलाम प्रथम, ओखलढुंगा दोस्रो र पाँचथर तेस्रो भएका छन् ।

त्यस्तै, महिला डबल इभन्टतर्फ झापा प्रथम, संखुवासभा दोस्रो र भोजपुर तेस्रो भएका छन् । प्रतियोगितामा विजयी टिमलाई नेपाल सेपाक ताक्रो संघ केन्द्रीय उपाध्यक्ष तथा राष्ट्रि खेलकुद परिषदका पूर्वसदस्य सचिव केशवकुमार विष्टले मेडल प्रमाणपत्रले सम्मान गर्नुभएको थियो ।

 

तपाईको प्रतिक्रिया