Online Bichar
सोमबार, साउन ०७, २०८१ | Monday, July 22, 2024

काठमाडौं, ९ वैशाख २०८० । शहीद स्मारक ‘ए’ डिभिजन लिग फुटबलमा शनिबार तीन खेल हुँदैछ । त्रिपुरेश्वरस्थित दशरथ रंगशालामा हुने पहिलो खेलमा एफसी खुमलटार र मनाङ मर्स्याङ्दी क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

खुमलटार चौथो र मनाङ पाँचौं जितको खोजीमा हुनेछन् । खुमलटार १० अंकका साथ १२ औं स्थानमा रहँदा मनाङ १५ अंक जोडेर छैटौं स्थानमा छ ।

रंगशालामै हुने दोस्रो खेलमा जावलाखेल युथ क्लब र चर्च ब्वाइज युनाईटेड भिड्नेछन् । यो खेल साँझ ६ बजे सुरु हुनेछ ।

जावलाखेल सातौं तथा चर्च ब्वाइज पाँचौं जितको खोजीमा हुनेछन् ।

जावलाखेल २० अंकका साथ शीर्ष स्थानमा रहँदा चर्च ब्वाइज १८ अंक जोडेर दोस्रो स्थानमा रहेको छ ।

यस्तै, ललितपुरको च्यासल मैदानमा मछिन्द्र फुटबल क्लब र फ्रेन्ड्स क्लबबीच दिउँसो ३ बजे प्रतिस्पर्धा हुनेछ ।

मछिन्द्र र फ्रेन्ड्स दुवै चौथो जितको खोजीमा हुनेछ ।

मछिन्द्र १३ अंक जोडेर नवौं स्थानमा रहेको छ भने फ्रेन्ड्स ११ अंक जोडेर ११ औं स्थानमा रहेको छ ।

 

तपाईको प्रतिक्रिया