Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

जेबि खड्का
गौरादह, ८ वैशाख २०८० । दिन प्रतिदिन बढ्दै गएको लागु औषध दुव्यर्सन नियन्त्रण गर्न गौरादह जेसीजले युवाहरुलाई जागरुक गराउन अभियान सुरु गरेको छ।

आधुनिक प्रबिधिको बिकास भएसँगै युवाहरुमा नयाँ प्रबिधिको बिकास हुनुपर्नेमा युवाहरु लागूऔषध प्रति आकर्षित हुदा नियन्त्रणका लागि गौरादह जेसिजले तदारुकता देखाएको छ। बिशेष गरि बिद्यालयमा अध्ययनरत विद्यार्थीहरुलाई लागुऔषधको बिषयमा चेतना मुलक कार्यक्रम गरि जानकारी गराउदा नियन्त्रण गर्न सहज हुने गौरादह जेसिजका अध्यक्ष प्रकाश भट्टराईले बताएका छन।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

वर्तमान परिस्थितिमा युवा समुदायमा लागु औषध दुर्बेशनी बढ्दै जाँदा अभिभावकहरुमा समेत नकारात्मक असर पर्न गएकाले युवाहरुलाई सहि मार्ग निर्देश गर्न गौरादह जेसीजले कार्यक्रम संचालन गर्न सुरु गरेको गौरादह जेसिजका पुर्ब अध्यक्ष क्रान्तिदिप काफ्लेले जानकारी गराएका छन। भबिस्यमा राष्ट्रिय निर्माणका कर्णधारका रुपमा रहेका युवाहरुलाई सहि मार्ग निर्देश गर्न सकेमा क्षमतावान नागरिक उत्पादन हुने पुर्ब अध्यक्ष काफ्लेको भनाइ छ।

युवा समुदायमा बढ्दै गएको लागुपदार्थ दुव्यर्सन विरुद्धको सचेतता कार्यक्रम नियन्त्रणका लागि मोति मा.बि. गौरादह-१ मा गरिएको कार्यक्रममा गौरादह नगरपालिका वडा नं.१ का वडाध्यक्ष नगेन्द्र भण्डारी प्रमुख अतिथि रहेका थिए। कार्यक्रमको उद्घाटन गर्दै अध्यक्ष भण्डारीले युवाहरुलाई लागु औषध दुव्यर्सनबाट टाढा रहन अनुरोध गरेका छन् । वडा नं.१ को सहयोगमा सम्पन्न कार्यक्रममा मोती मा.वि का कक्षा ८,९ र १० मा अध्ययनरत ८० भन्दा बढी विद्यार्थीहरुलाइ सचेतता कार्यक्रम संचालन गरिएको अध्यक्ष भट्टराईले बताएका छन।

सचेतता कार्यक्रमको सहजीकरण दमक जेसीज वर्ष २०१७ का अध्यक्ष तथा मनोबैज्ञानिक सहजकर्ता जेसी गोविन्दराज कट्टेलले गरेका थिए। कार्यक्रममा कार्यपालिका सदस्य अन्जु निरौला , आई पि पि बिनिता कटुवाल , मोती मा बिका प्रअ युवराज नेपाल लगायतका व्यक्तिहरुको सहभागिता रहेको थियो । वर्ष २०२३ का महासचिव जेसि भानु आचार्यले संचालन गरेको कार्यक्रममा कार्यक्रम संयोजक तथा वर्ष २०२३ उपाध्यक्ष जेसि दुर्गादेवी चौहानले स्वागत मन्त्व्य राख्नु भएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया