Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

गौरीगंज, ९ मंसिर । गौरीगंज ६ खजुरगाछी स्थित आठमौजा बचत तथा ऋण सहकारी संस्थाले दशौं वार्षिकोत्सव सम्पन्न गरेको छ ।

संस्थाले आयोजना गरेको वार्षिक उत्सवमा संस्थाको प्रगतिवेदन अध्यक्ष अर्जुन दंगालले प्रस्तुत गरेका थिए । त्यसअवसरमा संस्थाले २० जना ज्येष्ठ नागरीक लाई सम्मान गरेको थियो । आठमौजा सहकारी सम्मान उदयलाल यादव र सतानी गनगाई लाई सम्मान गरेको थियो ।

संस्थामा उत्कृष्ट बचत कारोबार गर्ने गुरु प्रसाद सरवरीया, बचत मौज्दात तर्फ राजेस अग्रवाल उत्कृष्ट ऋणी ढक प्रसाद श्रेष्ठ, मासिक बचत तर्फ भावना बोहरा, बालबचत तर्फ शौरभ दास, उत्कृष्ट दुध उत्पादक किसान डम्बर राउत लाई सम्मान गरिएको थियो । आठमौजा छात्रवृत्ति तर्फ खजुरगाछी मावि, देवकोटा मावि, ज्ञानोदय मावि र ज्ञानकुञ्ज मावि का १/१ जना विद्यार्थीलाई जनही ५ हजारका दरले पुरस्कृत गरिएको थियो ।

गौरीगंज क्षेत्रका ५५ जना विद्यार्थीलाई ब्याग वितरण गरिएको थियो । स्वर्गीय अरुण यादव स्मृति पुरस्कार बाट लाइफलाइन अस्पताल दमकलाई सम्मान गरिएको थियो । संस्थाले गौरीगंज क्षेत्रमा शान्ति सुरक्षा कायम गरे बापत इलाका प्रहरी कार्यालय गौरीगंज, दुर्घटना न्यूनिकरणमा सहयोग पु¥याए बापत ट्राफीक कार्यालय गौरीगंज स्वास्थ्य क्षेत्र बाट स्वास्थ्य केन्द्र गौरीगंज र लाल बहादुर स्मृति प्रतिष्ठान खजुरगाछिलाई कदरपत्र प्रदान गरिएको थियो ।

गौरीगंज गाउँपालिका उपाध्यक्ष दिपेन्द्र थापाको प्रमुख आतिथ्यतामा सम्पन्न कार्यक्रममा इलाका प्रशासन कार्यालय गौरीगंजका प्रमुख चुडाराज भट्टराई, प्राईम कमर्शियल बैंकका प्रमुख शरद कुमार काफ्ले लगायतले शुभकामना मन्तव्य राखेका थिए । उपाध्यक्ष कुमार भण्डारीले स्वागत मन्तव्य राखेको कार्यक्रममा लेखा संयोजक लौडारीले कार्यक्रम संचालन गरेका थिए ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments