Online Bichar
मंगलबार, आषाढ १६, २०८३ | Tuesday, June 30, 2026

चितवन, ९ मंसिर । चितवन प्रहरीले ठूलो परिमाणमा लागूऔषधसहित दुई युवालाई पक्राउ गरेको छ । भरतपुर महानगरपालिका वडा नंं २ समीचोकबाट लागूऔषध र नगदसहित उनीहरुलाई पक्राउ गरिएको हो ।

पक्राउ पर्नेमा भरतपुर २ बस्ने वर्ष २५ का केशव घले र सोही वडामा बस्ने वर्ष २४ का विशाल घले रहेका छन् । प्रहरीले उनीहरुको साथबाट नगद ५ लाख ८० हजार एक सय ८० रुपैयाँ समेत बरामद गरेको छ ।

यस्तै उनीहरुको साथबाट डाईजेपाम २७१ एम्पुल, नुफिर्न २७१ एम्पुल, फेनारगन २७१ एम्पुल बरामद गरेको छ ।

भरतपुर-२ समिचोकमा केही व्यक्तिहरुले लागूऔषध बेचबिखन गर्दै हिडिरहेको भन्ने बिशेष सूचनाको आधारमा जिल्ला प्रहरी कार्यालय चितवनबाट प्रहरी सहायक निरीक्षक (असर्इ) सिताराम खतिवडाको कमाण्डमा खटिएको टोली दुई जनालाई शंकास्पद अवस्थामा फेला पारेको थियो ।

केशव र विशाललाई नियन्त्रणमा लिई शरीर तलासी लिँदा केश घलेले बोकेको झोलामा ती लागु औषध र नगद फेला परेको जिल्ला प्रहरी कार्यालय चितवनका प्रहरी नायव परीक्षक (डीएसपी) दीपेन्द्र शाहले जानकारी दिए ।

उनीहरुले भैरहवाको नाका हुँदै भारतको सुनौली गई लागु औषध खरिद गरी ल्याई बिक्री गर्ने गरेको र बरामद भएको नगद पाँच लाख ८० हजार रुपैयाँ लागूऔषध विक्री गरी आर्जन गरेको प्रहरीले जनाएको छ ।

पक्राउ परेकाहरुलाई लागूऔषध (नियन्त्रण) ऐन २०३३ अन्तर्गत मुद्दा दर्ता गरी अनुसन्धान प्रकृया अगाडि बढाइएको डिएसपी शाहले जानकारी दिए ।

चितवन प्रहरीले जिल्लालाई शान्ति र सुरक्षित बनाउन भन्दैं थ्रीएस अप्रेशन सञ्चालन गरिरहेको छ । जसअन्तर्गत विभिन्न अपराधिक कार्य गर्नेहरुलाई प्रहरीले नियन्त्रणमा लिन सफल हुँदै आएको छ ।

यस्तै चितवन प्रहरीले फरार एक जना अभियुक्त पक्राउ गरी चितवन जिल्ला अदालतमा समेत बुझाएको छ ।

तपाईको प्रतिक्रिया

This site uses Akismet to reduce spam. Learn how your comment data is processed.

0 Comments
Inline Feedbacks
View all comments