Online Bichar
शनिबार, मंसिर ०६, २०८३ | Saturday, November 21, 2026

एजेन्सी, ८ वैशाख २०८० । म्यानचेस्टर युनाइटेड युरोपा लिग फुटबलको क्वाटरफाइनलबाटै बाहिरिएको छ । सेभियासँग क्वाटरफाइनलको दोस्रो लेगमा ३–० ले तथा समग्रमा ५–२ ले पराजित हुँदै युनाइटेड क्वाटरफाइनलबाटै बाहिरिएको हो । पहिलो लेगमा दुवै टोलीले २–२ को बराबरी खेलेका थिए ।

बिहीबार राति क्वाटरफाइनलको दोस्रो लेगमा खेलको आठौं मिनेटमा युसुफ एन नेसरीले गोल गर्दै सेभियालाई सुरूवाती अग्रता दिलाए । ४७ औं मिनेटमा लोइक बाडेले गोल गर्दै सेभियालाई दोब्बर अग्रता दिलाए । त्यसपछि ८१ औं मिनेटमा नेसरीले व्यक्तिगत दोस्रो गोल गर्दै सेभियालाई ३–० को जित दिलाए ।

सेभियाले अब सेमिफाइनलमा इटालीको युभेन्टसको सामना गर्नेछ । क्वाटरफाइनलमा पोर्चुगलको स्पोर्टिङलाई २–१ ले हराउँदै युभेन्टस सेमिफाइनलमा पुगेको हो ।

युरोपा लिगको अर्को सेमिफाइनल खेलमा इटालीको ए।एस रोमा र जर्मनीको बायर लिभरकुजेन भिड्नेछन् ।

 

तपाईको प्रतिक्रिया