Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

एजेन्सी, ८ वैशाख २०८० । भारतीय गायक तथा र्‍यापर यो यो हनी सिंहविरुद्ध विवेक रमन नामका एक व्यक्तिले मुम्बईको बीकेसी प्रहरी स्टेशनमा लिखित उजुरी दिएका छन् ।

विवेकले हनी सिंह विरुद्ध अपहरण र कुटपिटको गरेको उजुरी दिएका हुन् । यो उजुरी पैसाको लेनदेनसँग सम्बन्धित रहेको प्रहरीले जनाएको छ ।

भारतीय सञ्चार माध्यमहरुका अनुसार विवेकले १९ अप्रिलमा उजुरी दर्ता गराएका हुन् । उनले १५ अप्रिलमा मुम्बईको बान्द्रा कुर्ला कम्प्लेक्समा एक कार्यक्रम आयोजना गरेका थिए । यस कार्यक्रममा हनी सिंह सहभागी थिए । पैसा लेनदेनमा विवाद भएपछि हनी र उनका साथीले रमनलाई अपहरण गरेको बताइएको छ ।

विवेकले हनी र उनका साथीहरूले उनलाई मुम्बईको एउटा होटलमा बन्धक बनाएर कुटपिट गरेको आरोप लगाएका छन् । विवेकले ती सबै विरुद्ध उजुरी दिई पक्राउ गर्न समेत माग गरेका छन् । यस विषयमा हनी सिंहको प्रतिक्रिया भने आउन बाँकी छ ।

 

तपाईको प्रतिक्रिया