Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काठमाडौं, ९ मंसिर  । वल्र्ड इकानोमिक फोरमले हालै प्रकाशित गरेको एक रिपोर्टले नेपालसहित दक्षिण एसियाली क्षेत्रमा व्यापार गर्दा साइबर आक्रमणलाई सबैभन्दा ठूलो जोखिमका रुपमा औंल्याएको छ । रिपोर्टका अनुसार सबैभन्दा बढी जोखिममा नेपाल, बंगलादेश र पाकिस्तान छन् ।

यी तीन देशहरुमा मालवेयरयुक्त माइक्रोसफ्ट उत्पादनहरु प्रयोग हुने भएकाले जोखिम उच्च रहेको फोरमको दावी छ । यस क्षेत्रको सबैभन्दा ठूलो राष्ट्र भारतमा साइबर आक्रमण सबैभन्दा ठूलो चिन्ताको विषयको रुपमा रहेको रिपोर्टमा उल्लेख छ ।

‘अमेरिका र चीनपछि भारत साइबर थ्रेट उच्च छ,’ रिपोर्टमा भनिएको छ, ‘भारतीयहरुको आधार प्रणालीमा रहेको व्यक्तिगत तथ्यांकको सुरक्षामा समेत चिन्ता उब्जेको छ ।’ यसै वर्षको मेमा चार सरकारी निकायहरुमा रहेका १३ करोड खाताहरु एक्सपोज भएका थिए ।

यस्तै रिपोर्टले औंल्याएका नेपालमा रहेका सबैभन्दा ठूला पाँच जोखिमहरु हुन् स् बेरोजगारी वा न्यून रोजगारी, राष्ट्रिय सरकार र क्षेत्रीय सरकारको असफलता, अनियन्त्रित मुद्रास्फिती र साइबर आक्रमण र अन्तरराज्य कलह ।

रिपोर्टले गत वर्ष भएको संसदीय चुनाव र संविधान बमोजिम सात प्रदेशको निर्माणले राष्ट्रिय शासनप्रणालीलाई असफल बनाएको दावी गरेको छ ।

तपाईको प्रतिक्रिया