Online Bichar
सोमबार, आश्विन ०८, २०८० | Monday, September 25, 2023

एजेन्सी, ७ वैशाख २०८० । दक्षिण कोरियाली पप गायक मुनबिनको २५ वर्षको उमेरमा निधन भएको छ । मुनबिनको गीत रेकर्ड गर्ने कम्पनीले उनको निधन भएको जानकारी दिएको हो ।

अन्तर्राष्ट्रिय सञ्चार माध्यमका अनुसार मुनबिन गायक मात्र नभएर अभिनेता, नर्तक र मोडेल पनि थिए ।

दक्षिण कोरियाली प्रहरीका अनुसार मुनबिन बुधबार राति आफ्नो अपार्टमेन्टमा अचेत अवस्थामा फेला परेका थिए । उनका म्यानेजरले उनलाई अचेत अवस्थामा भेटेको प्रहरीले बताएको छ ।

मुनबिन दक्षिण कोरियाली बोय ब्यान्ड एस्ट्रोको सदस्य थिए । मुनबिन बाल्यकालमा फन्टियागोको प्रशिक्षार्थी कार्यक्रममा सामेल भए र एस्ट्रोको ब्यान्डको एक हिस्सा भएका थिए ।

यो समूहमा ६ जना सदस्य थिए तर, यीमध्ये एक सदस्यले यसै वर्षको फेब्रुअरीमा नै ब्यान्ड छोडेका थिए ।

 

तपाईको प्रतिक्रिया