Online Bichar
शुक्रबार, चैत्र १६, २०८० | Friday, March 29, 2024

काभ्रे, ९ मंसिर  । काभ्रेको महाभारत गाउँपालिका २ गोकुलेमा पाँच वर्षीय बालकको हत्या भएको छ ।

जिल्लाको विकट क्षेत्रमा पर्ने सो गाउँका विजय घिसिङको शव हत्या गरी फालिएको अवस्थामा फेला परेको स्थानीयले बताएका छन् ।

काभ्रेका प्रहरी प्रमुख एपसी रविराज खड्काले घटनाको पुष्टि गरे । ‘गत कात्तिक २६ गतेदेखि बालक हराएको हामीलाई खबर आएको थियो’, उनले भने ‘बालकको लास तीन दिनपछि सातविसे खोल्साको ढुंगामाथि भेटिएको स्थानीयले हामीलाई जानकारी दिए ।’

बालकको शव पोष्टमार्टमका लागि काठमाडौं पठाइएको छ । स्थानीयले जंगली जनावरको आक्रमणबाट मारिएको दावी गरेका छन् । तर प्रहरीले भने घाँटी थिचेर हत्या भएको अनुमान गरेको छ ।

एसपी खड्काले बालकको घाँटी थिचेर हत्या भएको प्रारम्भिक रिपोर्ट आएको बताए । ‘हाम्रो थप टोली घटनाको अनुसन्धान गर्न डाडापारी गएको छ, हामी सुक्ष्म ढंगले अध्ययन गर्छौ, दोषीलाई कारबाहीको दायरामा ल्याउनेछौं’ उनले भने ।

तपाईको प्रतिक्रिया