काठमाडौं, ५ वैशाख २०८० । भारतमा जारी रहेको ईन्डियन प्रिमियर लिग ९आईपीएल० मा चेन्नई सुपर किंग्सले रोयल च्यालेन्जर्स बेंग्लोरलाई हराएको छ ।
सोमबार बेंग्लोरको एम चेन्नास्वामीमा भएको खेलमा चेन्नईले बेंग्लोरलाई ८ रनले हराएको हो ।
जितको लागि २ सय २७ रनको विजयी लक्ष्य पछ्याएको बेंग्लोरले निर्धारित २० ओभरमा ८ विकेट गुमाउँदै २ सय १८ रन मात्र बनायो ।
बेंग्लोरका ग्लेन म्याक्सवेलले ७६, कप्तान फाफ डु प्लेसिसले ६२, दिनेश कार्तिकले २८, सुयश प्रभुदेशाईले १९ तथा शहबाज अहमदले १२ रन बनाए ।
चेन्नईका तुषार देशपान्डेले ३, मथिसा पाथिरानाले २ तथा आकाश सिंह, मोईन अली र महेश थिक्सेनाले समान १र१ विकेट लिए ।
त्यसअघि टस हारेर पहिला ब्याटिङको गरेको चेन्नईले निर्धारित २० ओभरमा ६ विकेट गुमाउँदै २ सय २६ रन बनाएको थियो ।
चेन्नईका लागि डेभन कन्वेले सर्वाधिक ८३ रनको योगदान दिए । यस्तै, शिभम् दुबेले ५२, अजिंका रहाणेले ३७, मोईन अलीले अविजित १९, अम्बाती रायुडूले १४ तथा रविन्द्र जडेजाले १० रन बनाए ।
बेंग्लोरका विजयकुमार वैश्यक, मोहम्मद सिराज, वाईन पार्नेल, वानिन्दु हसरंगा, हर्षल पटेल र ग्लेन म्याक्सवेलले समान १र१ विकेट लिए ।
चेन्नई ५ खेलमा ३ मा जित र २ मा हारसहित तेस्रो स्थानमा छ । बेंग्लोर ५ खेलमा २ मा जित र ३ मा हारसहित सातौं स्थानमा छ ।