Online Bichar
बुधबार, आश्विन १०, २०८० | Wednesday, September 27, 2023

काठमाडौं, ५ वैशाख २०८० । एसीसी प्रिमियर कपमा हङकङले सुखद सुरुआत गरेको छ । नेपालमा मंगलबारबाट सुरु एसीसी प्रिमियर कपमा सिंगापुरविरुद्ध ८ विकेटको जित निकालेको हो ।

सिंगापुरले दिएको १ सय ७५ रनको लक्ष्य हङकङले ३३ ओभरमा २ विकेट गुमाएर पूरा गर्यो ।

हङकङका लागि बाबर हायातले ९४ बलमा १ सय ८ रनको शतकीय ईनिङ खेले । उनले १० चौका र ६ छक्का प्रहार गरे।

निजाकत खानले ८९ बलमा ३ चौका र १ छक्काको सहयोगमा ५१ रनको अर्धशतकीय ईनिङ खेले । बाबर र निजाकतले तेस्रो विकेटका लागि अविजित १ सय ३२ रनको साझेदारी गरे ।

सिंगापुरका लागि आत्रिय दत्त र रमेश कालिमुथुले समान ११ विकेट लिए ।

त्यसअघि टस हारेर पहिले ब्याटिङ गरेको सिंगापुरले ४२ दशमलब १ ओभरमा अलआउट हुदै १ सय ७४ रन बनायो ।

 

तपाईको प्रतिक्रिया