Online Bichar
बुधबार, आश्विन १०, २०८० | Wednesday, September 27, 2023

काठमाडौं, ४ वैशाख २०८० । इन्डियन प्रिमियर लिग आईपिएल टी–२० क्रिकेटमा राजस्थान रोयल्स र मुम्बई इन्डियन्स विजयी भएका छन् ।

आइतबार राति भएको खेलमा राजस्थान रोयल्सले गुजरात टाइटान्सलाई ३ विकेटले पराजित गरेको हो । खेलमा पहिले व्याटिङ गरेको गुजरातले २० ओभरमा ७ विकेट गुमाएर १ सय ७७ रन बनाएको थियो ।

जवाफमा १ सय ७८ रनको लक्ष्य राजस्थानले १९ ओभर २ बलमा ७ विकेट गुमाएर पूरा गरेको हो । आइतबार नै भएको पहिलो खेलमा मुम्बई इन्डियन्सले कोलकाता नाइट राइडर्सलाई ५ विकेटले पराजित गरेको हो ।

खेलमा पहिले व्याटिङ गरेको कोलकाताले २० ओभरमा ६ विकेट गुमाएर १ सय ८५ रन बनाएको थियो । जवाफमा १ सय ८७ रनको लक्ष्य मुम्बईले १७ ओभर ४ बलमा ५ विकेट गुमाएर पूरा गरेको हो ।

आइतबार राति भएको खेलपछि आईपिएल तालिकामा ५ खेलबट ८ अंक जोडेको राजस्थान शीर्ष स्थानमा उक्लिंदा समान खेलबाट ६–६ अंक जोडेको लखनउ, गुजरात र पञ्जाब क्रमशः दोस्रो, तेस्रो तथा चौंथो स्थानमा रहेका छन् ।

 

तपाईको प्रतिक्रिया