Online Bichar
शनिबार, आश्विन १३, २०८० | Saturday, September 30, 2023

जेबि खड्का
गौरादह, ३ वैशाख २०८० । सिरुवा पर्वको अवसरमा गौरादह नगरपालिका वडा नं.७ को दुधालीमा भव्य मेला लागेको छ। दुधाली महाराज धानमा लगाइएको मेलामा भक्तजनहरुको उल्लेख्य मात्रामा उपस्थिति रहेको छ। मेलामा सहभागी भक्तजनहरुले महाराज थानमा पुजा गर्ने र मनोकांक्षा पूरा हुनेहरुले भाकल अनुसारका सामाग्री चढाउने गरेका छन।

आदिवासी समुदायहरुले पौराणिक काल देखि सिरुवा पर्बका अवसरमा महाराज थानमा मेला लगाउने गर्दैआएका छन। नयाँ बर्ष लागेपछि आदिवासी समुदायहरुले सिरुवा पर्व मनाउने गर्दछन। सिरुवा पर्बका अवसरमा लगाइने मेलामा महाराजलाई फुल घोडा,मिठाइ भाकल गर्नेहरुले भाकल अनुसारका सामाग्री चढाइ रहेका छन। मेलाको अवसरमा महाराज थान परिसरमा नेपाल आदिवासी जनजाति महासंघ वडा समन्वय समिति गौरादह-७ ले पहिचान सहितको झाँकी तथा जतिय नृत्य प्रदर्शन गरिएको छ। शुभकामना आदन प्रदानका साथमा आयोजना गरिएको नृत्यमा आदिवासी जनजातिहरुले जातिय नृत्य प्रदर्शन गरेका थिए।

आदिवासी जनजातिहरुको पहिचान झल्कने झाँकीको नेतृत्व राजेश राईले गरेका थिए।त्यस अवुरमा तामाङ सेलो, राई जातिको चण्डी नाच, संथाल नृत्य र राजवंशी नृत्य प्रदर्शन गरिएको थियो। शुभकामना आदन प्रदानका अवसरमा रङ सिरुवा खेलेर पर्व मनाएका थिए।दुधाली टोल बिकास संस्थाका अध्यक्ष रघुनाथ राजवंशीको सभापतित्वमा सम्पन्न कार्यक्रममा गौरादह नगरपालिकाका मेयर छत्रपती सुवेदी प्रमुख अतिथि रहेका थिए। कार्यक्रममा गौरादह नगरपालिका उपप्रमुख जलबर्षा राजवंशी, वडा नं.७ का वडाध्यक्ष बलराम खरेल, वडा नं.८ का वडाध्यक्ष गणेश राजवंशी, नेपाल आदिवासी जनजाति महासंघ पुर्ब अध्यक्ष बल बहादुर तामाङ लगायतले शुभकामना मन्तब्य राखेका थिए। राजेश राईले स्वागत मन्तब्य राखेको कार्यक्रममा के.डि. राई र गंगाराम राजवंशीले कार्यक्रम संचालन गरेका थिए।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया