Online Bichar
बिहिबार, बैशाख १३, २०८१ | Thursday, April 25, 2024

लमही, ९ मंसिर  । दाङमा एम्बुलेन्स दुर्घटना हुँदा तीन जना घाइते भएका छन् । रुकुमबाट बिरामी लिएर बाँकेको कोहलपुरतर्फ जाँदै गरेको रा १ च ७८१ नम्बरको एम्बुलेन्स आइतबार बिहान करिब २ बजेतिर लमही नगरपालिका(९ अमेलिया नजिक दुर्घटना भएको हो ।

दुर्घटनामा रुकुम मगमा निवासी ७ वर्षीय भिमु जैसी, एकजना विरामीको आफन्त र एम्बुलेन्स चालक घाइते भएका हुन् । दमको बिरामी जैसीको नाकमा चोट लागेको छ । घाइते तीनैजनाको अवस्था सामान्य रहेको इलाका प्रहरी कार्यालय अमेलियाले जनाएको छ ।

घाइतेहरुलाई सतबरियाको रा १ ज १२३ नम्बरको एम्बुलेन्समा राखेर कोहलपुर पठाइएको प्रहरीले जनाएको छ ।

तपाईको प्रतिक्रिया