काठमाडौं, १ वेशाख २०८० । इन्डियन प्रिमियर लिग (आईपीएल) क्रिकेटमा साविक विजेता गुजरात टाइटन्सले पञ्जाब किंग्सलाई ६ विकेटले पराजित गरेको छ ।
यो सिजन तेस्रो जित निकालेसँगै गुजरातले शीर्ष स्थानको राजस्थान रोयल्स र दोस्रो स्थानको लखनउ सुपर जायन्ट्ससँग अंक बराबरी गरेको हो । बिहीबारको खेलमा पञ्जाबले दिएको १ सय ५४ रनको लक्ष्य गुजरातले खेलमा एक बल बाँकी हुँदा ४ विकेट गुमाएर पूरा गरेको हो ।
गुजरातको जितमा ओपनर शुभमन गिलको ६७ रन महत्व्पूर्ण रहयो । बलिङमा पञ्जाबका अर्शदिप सिंह, कागिसो रबाडा, हरप्रित ब्रार र साम करनले समान १–१ विकेट लिए । त्यसअघि मोहालीस्थित घरेलु मैदानमा टस हारेर पहिले ब्याटिङ गरेको पञ्जाबले निर्धारित २० ओभरमा ८ विकेट गुमाएर १५३ रन बनाएको थियो ।
उसका लागि म्याथ्यु सर्टले ३६ रन जोड्नु बाहेक अन्य कुनै पनि व्याट्स म्यानले सम्झन लायक प्रदर्शन गर्न सकेनन् ।