झापा, ३० चैत २०७९ । देशभर आज १ सय ६ जना संक्रमित थप भएका छन् । जसमा पीसीआर परिक्षणबाट ६४ जना र एन्टीजेन बाट ४२ जना गरि १ सय ६ जना संक्रमित थप भएका हुन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ५ सय ४१ र एन्टीजेन परिक्षणबाट ९ सय ४७ जना गरि १ हजार ४ सय ८८ जनामा नमुना परिक्षण गर्दा १ सय ६ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ ।
आज ७४ जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ४ सय ३५ पुगेको जनाइएको छ । यस्तै, आज ३१ हजार ५ सय ५५ जनाले कोरोनाको खोप लगाएका छन् । कोरोना संक्रमणबाट आज कसैको पनि मृत्यु नभएको मन्त्रालयले जनाएको छ । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २७ पुगेको छ भने, आई।सि।युमा उपचाररत रहनेको संख्या १२ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।