Online Bichar
बिहिबार, जेठ ०३, २०८१ | Thursday, May 16, 2024

गौरादह, ३० चैत २०७९ । झापाको गौरादहमा जेसीज साँझ सम्पन्न भएको छ । नव वर्ष २०८० सालको अवसर पारेर गौरादह जेसीजले बुधबार साँझ गौरादह नगरपालिका-२ को सुरज शिक्षा प्रतिष्ठानमा जेसीज साँझ सम्पन्न गरेको हो ।

गौरादह जेसीजको आयोजनामा सम्पन्न कार्यक्रममा देश तथा विदेशका ख्यातिप्राप्त साहित्यकारहरुको उपस्थिति रहेको थियो । त्यसअवसरमा साहित्यकार खगेन्द्र नेउपाने, नैन दाहाल , विन्दु दाहाल(मुकदर्शक), बिष्णु नेउपाने, भरत गुरागाइ(वर्बरिक), लोकेन्द्र बन्जारा कृष्ण काश्यप, आसमी साहित्यकार पुरुषोत्तम दाहाल उपाध्यय, मिलन बोहरा लगायतले आफ्नो प्रस्तुति दिनुभएको २०२३ का जेसी अध्यक्ष प्रकाश भट्टराइले जानकारी दिनुभयो ।

कार्यक्रमको सहजीकरण नेपाली साहित्यका उदाउँदो नक्षत्र दिपक सुबेदीले गर्नुभएको थियो। कार्यक्रम संयोजक जेसि धुर्वचन्द्र अधिकारी रहनुभएको कार्यक्रममा करिव ३०० जनाको सहभागिता रहेको थियो । संविधानसभा सदस्य दिपक कार्की प्रमुख अतिथि रहनु भएको कार्यक्रममा नगरप्रमुख छत्रपती सुवेदी, उपप्रमुख जलवर्शा राजवशी लगायतको उपस्थिति रहेको थियो । वर्ष २०२३ महासचिव जेसि भानु आचार्यले संचालन गर्नुभएको कार्यक्रममा स्वागत सचीव दुर्लब कार्कीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

Online Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदारOnline Bichar विकास, समृद्धी र सुशासनको पहरेदार

तपाईको प्रतिक्रिया