Online Bichar
बिहिबार, आश्विन ०४, २०८० | Thursday, September 21, 2023

झापा, २९ चैत २०७९ । कोरोना संक्रमणबाट आज पनि १ जनाको मृत्यु भएको छ । मंगलबार(हिँजो)१ जनाको कोरोना संक्रमणबाट मृत्यु भएकोमा आज थप १ जनाको मृत्यु भएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ ।

यस्तै, देशभर पछिल्लो २४ घण्टामा नमुना परिक्षण गर्दा एकैदिन १ सय २१ जना नयाँ संक्रमित थप भएका छन् । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार पीसीआर परिक्षणबाट ६ सय २० र एन्टीजेन परिक्षणबाट १ हजार ७ सय ५७ जना गरि २ हजार ३ सय ७७ जनामा नमुना परिक्षण गर्दा १ सय २१ जनामा संक्रमण पुष्टी भएको जनाइएको छ । जसमा पीसीआर बाट ५८ र एन्टीजेन बाट ६३ गरि १ सय २१ जनामा कोरोना संक्रमण देखिएको छ ।

आज ८१जना संक्रमित निको भएर डिस्चार्ज भएका छन् । मन्त्रालयका अनुसार सक्रिय संक्रमितको संख्या आज ४ सय ४५ पुगेको जनाइएको छ । यस्तै, आज ४२ हजार १ सय ८० जनाले कोरोनाको खोप लगाएका छन् । यस्तैगरी, काठ्माडौं उपत्यकाको संस्थागत आइसोलेसनमा उपचार गराइरहेकाहरुको संख्या २५ पुगेको छ भने, आई।सि।युमा रहनेको संख्या ११ र भेन्टिलेटरमा उपचाररत रहनेको संख्या ३ रहेको मन्त्रालयले जनाएको छ ।

 

प्रका

तपाईको प्रतिक्रिया