काठमाडौं, ९ मंसिर  । आईसीसी टि(ट्वान्टी महिला विश्वकप क्रिकेटको उपाधि अष्ट्रेलियाले जितेको छ ।

वेष्ट इन्डिजमा आज विहान भएको फाइनलमा इंग्ल्यान्डलाई आठ विकेटले पराजित गर्दै अष्ट्रेलियाले विश्वकपको उपाधि कब्जा गरेको हो । १०६ रनको चुनौती पछ्याउँदै ब्याटिङ गरेको अष्ट्रेलियाले १५।१ ओभरमा २ विकेटको क्षतिमा लक्ष्य पूरा गर्‍यो ।

अष्ट्रेलियाका लागि अश्लेइघ गार्डनरले अविजित ३३ र कप्तान मेग लनिङले अविजित २८ रन बनाएसँगै अष्ट्रेलियाले उपाधि जितेको हो ।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको इंग्ल्यान्डले निर्धारित ओभर सकिन २ बल बाँकी छदा सबै विकेटको क्षतिमा १०५ रन बनाएको थियो । इंग्ल्यान्डका लागि ड्यानिली व्याटले रन बनाएकी थिइन् ।

बलिङतर्फ अष्ट्रेलियाकी अश्लेइघ गार्डनरले ३ विकेट लिएकी थिइन् ।

तपाईको प्रतिक्रिया

Comments