Online Bichar
बुधबार, जेठ ०१, २०८२ | Wednesday, May 14, 2025

धनकुटा, २९ चैत २०७९ । धनकुटाको कोप्चेमा नयाँ वर्षको अवसरमा प्रथम कोप्चे फेस्टिवलल आयोजना हुने भएको छ।

‘कोप्चे पुनर्जागरण अभियान’ का बारेमा आम नागरिकलाई जानकारी प्रदान गर्ने उद्धेश्यका साथ प्रथम कोप्चे फेस्टिवल आयोजना गर्न लागिएको हो । सडक संलाज विस्तार नहुदाँ भोजपुर र तेह्रथुम जिल्लाबाट समेत किनमेलका लागि आइपुग्नु पर्ने धनकुटा सदरमुकामको कोप्चे पछिल्लो समय सुनसान बन्दै गएको हो ।

ऐतिहासिक, साँस्कृतिक तथा प्राकृतिक मौलिकताको संरक्षण र प्रवर्द्धन गर्ने उदेश्यले प्रथम कोप्चे फेस्टिवल आयोजना गर्न लागिएको आयोजक सामाजिक विकासका लागि युवाहरुको प्रयास नामक संस्थाले धनकुटा सदरमुकामको कोप्चेमा पत्रकार सम्मेलन गरेर जानकारी दिएको हो ।

मौलिक नेवारी र आठपहरीया कला, संस्कृति, भेषभूषा, रहनसहन, खानाको संरक्षण र प्रबर्धननार्थ २०८० वैशाख १ गतेदेखि ३ गतेसम्म धनकुटा नगरपालिका-५ बिहीबारे हटियामा प्रथम कोप्चे फेस्टिवल आयोजना हुने आयोजक संस्थाका अध्यक्ष रिजन पोख्रेलले जानकारी दिनुभयो ।

‘मौलिकता संरक्षण, पर्यटन प्रबर्धन’ भन्ने मूल नाराका साथ फेस्टिवल आयोजना हुने र फेस्टिवलमा सबै क्षेत्रलाई समेटेर १५ वटा स्टल रहने र करिब २० हजार आन्तरिक तथा बाह्य पर्यटन भित्र्याउने लक्ष्य रहेको आयोजकले जनाएको छ ।ईमेजखबरबाट

 

तपाईको प्रतिक्रिया