Online Bichar
शुक्रबार, साउन ०४, २०८१ | Friday, July 19, 2024

काठमाडौं, २९ चैत २०७९ । युएफा च्याम्पियन्स लिग फुटबलको क्वाटरफाइनलको पहिलो लिगको खेलमा म्यान्चेस्टर सिटी र इन्टर मिलान विजयी भएका छन् ।

इंग्लीश क्लब म्यान्चेस्टर सिटीले जर्मनीको बायर्न म्युनिखलाई ३–० ले पराजित गरेको हो । मंगलबार राति आफ्नै मैदानमा भएको खेलमा म्यान सिटीलाई विजयी गराउन रोड्री, बर्नार्डो सिल्भा र अर्लिङ ब्रट हाल्याण्डले एक( एक गोल गरेका हुन् ।

जितसँगै म्यान्चेस्टर सिटीले सेमिफाइनल पुग्ने सम्भावना बलियो पारेको छ । क्वाटरफाइनल पहिलो लिगकै अर्को मंगलबार राति भएको खेलमा इटालीको इन्टर मिलानले पोर्चुगलको बेन्फिकालाई २–० ले पराजित गरेको हो । बेन्फिकाको मैदानमा भएको खेलमा इन्टरलाई विजयी गराउन निकोलो बारेला र रोमेलु लुकाकुले एक –एक गोल गरेका हुन् ।

च्याम्पियन्स लिगअन्तर्गत क्वाटरफाइनलका बाँकी दुई खेल बुधबार राति हुने भएका छन् । बुधबार दुई इटालीयन क्लबहरु नापोली र एसी मिलान भिड्दा इंग्लीश क्लब चेल्सीले स्पेनको रियाल मड्रिडसँग उसैको मैदानमा खेल्ने छ ।

तपाईको प्रतिक्रिया